मझारे। मोरङ को जहदा गाउँपालिका वडा न.५ स्थित मझारे स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी मा कोरोना पुष्टि भएको छ।
बिगत केहि वर्ष देखि मझारे स्वास्थ्य चौकीमा काम गरिरहनुहुने कंचन ठाकुरमा हिजो मात्र संक्रमण पुष्टि भएको हो। कोरोनाको अर्को डोज को खोप लागाएता पनि उहाँमा कोरोना पुष्टि भएको जानकारी उहाँले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत दिनुभएको छ।
कोरोना खोप लगाए पछी केहि हुन्न भन्ने भ्रममा परि ढुक्क नबस्न उहाँले अनुरोध गर्नुभएको छ।