नितेश कुमार शाह

शुक्रबार, बैशाख १०, २०७८

मोरङको जहदा गाउँपालिका वडा न. ७ स्तिथ श्री जानप्रिय आधारभूत बिद्यालयले आगामी बैशाख १७ गते सम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। बिद्यालयको ४०० मिटर नजिकै ५ जनालाई कोरोना पुष्टि भइसकेको छ। कोरोना पुष्टि भइसकेकाहरु होम आइसोलेसनमा छन्।

संक्रमितको घर बाट समेत बिधायार्थीहरु बिद्यालय आइरहेका थिए। संक्रमन बढ्ने सम्भावना अधिक रहेको कारणले गर्दा आज बैशाख १० गते बिद्यालय ब्यवास्थापन समितिले बैठक राखेका थियो। र उक्त बैठकले बैशाख १२ गते देखि १७ गते शुक्रबार सम्म बिद्यालयको सम्पुर्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

यता नेपाल सरकारले अस्ति भर्खर मोरङ सहित १४ जिल्लाका बढी भिडभाड हुने शहरी क्षेत्रका शैक्षिक संस्था लगायत बन्द गर्ने निर्णय गरेको थियो भने अन्य जिल्ला तथा क्षेत्रको लागि बन्दाबंदी गर्नुपर्ने सम्पूर्ण अधिकार सम्बन्धित स्थानिय तहलाई दिइएको छ ।
कोरोनाको उच्च जोखिममा हाल बिद्यार्थीहरु रहेका छन्। बिराटनगर लगायतको शैक्षिक क्षेत्र बन्द रहेको तर जहदा गाउँपालिकामा कोरोनाको खासै प्रकोप नरहेको कारणले सम्पूर्ण बिद्यालयहरु चलिरहेको छ।
अब जहदा मा पनि कोरोना देखिन थालेको तर हालसम्म कुनै बन्दबंदी भएको छैन। तर गाउँपालिकाले आगामी बैशाख २० गते देखि शैक्षिक संस्थाहरु बन्द हुन सक्ने मौखिक आस्वासन दिइएको नेपाल शिक्षक संघ जहदा का अध्यक्ष धर्मेन्द्र कुमार साहले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]