आगलागीबाट पिडित परिवारलाई सहयोग
जहदा। मोरङको जहदा गाउँपालिका वडा न.४ सोहलमा केहि दिन अगाडी आगलागी भएको थियो। आगलागी हुदाँ एक परिवारको पुरै घरद्वार, खाद्यान्न, कपडालता, गाईबाख्रा सबै जलेर नस्ट भएको थियो। उक्त परिवारलाई यसै क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य तथा बर्तमान प्रदेश न. १ का सामाजिक विकास मन्त्री जयराम यादव र जहदा-३ का वडा अध्यक्ष अनिल कुमार ठाकुरले खाद्यान्न सामग्री सहयोग गरेका हुन्।
उनीहरुको परिवारलाई चामल, चिउरा, नुन लगायातको खाद्यान्न सामाग्री र ओढ्ने कम्बल वितरण गरेको हो। उक्त राहत वितरण कार्यक्रममा मंत्रीज्युको स्वकीय सचिव देवेन्द्र यादव, लक्ष्मीनिया युवा क्लबका अध्यक्ष नितेश साह, सोहन मुखिया, जहदा-४ शाखा अध्यक्ष निरज मण्डल लगायत गाउँका बुद्धिजीवी समाजसेवीहरुको उपस्तिथी रहेको थियो।
यस अघि पनि लक्ष्मीनिया युवा क्लबको पहलमा नेपाल रेडक्रस सोसाइटी मोरङ र हयुमानिटी फाउन्डेसनका अध्यक्ष सलीम अन्सारी लगायतको टोली, अन्य गाउँका समाजसेवी, गाउँपालिका अध्यक्ष कैलास प्रसाद मण्डल, उपाध्यक्ष शालो साह, जसपा मोरङ अध्यक्ष राजकुमार यादव, वडा अध्यक्ष जयनरथ गिरि, जितेन्द्र प्रसाद साह, जिवछ गच्छदार लगायतले राहत सामग्री सहयोग गरेका थिए।