नितेश कुमार शाह

बिहिबार, मंसिर ११, २०७७

लक्ष्मीनिया।मोरङको जहदा गाउँपालिकामा लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान आयोजना गरिएको छ। जहदा गाउँपालिका महिला,बालबालिका तथा सामाजिक बिकास शाखाले आयोजना गरेको अभियानमा बिभिन्न वडाका महिला समुह तथा संस्थाको सहभागी रहेको थियो।

कार्यक्रमको अध्यक्षता जहदा गाउँपालिका उपाध्यक्ष शालो देवी साहले गर्नुभएको थियो भने प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डल,बिशिस्ठ अतिथिमा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे,अतिथिमा रोजगार अधिकृत चाँदनी साह,बिभिन्न शाखाका अधिकृत तथा प्रतिनिधि,कार्यपालिका सदस्य बिनिता सिंह,बिञ्जु पराजुली,रिपु डोटेल तथा बिभिन्न संघसंस्थाका प्रतिनिधि को समेत उपस्तिथी रहेको थियो।

लैंगिक हिँसामा महिला पुरुष दुवै आएता पनि पुरुष भन्दा महिलाहरु बढि पिडित छन्। महिलाहरुको स्वतन्त्रता हकअधिकार तथा मानव अधिकारले आवाज उठाएको दिन हो, कहिले नाबिर्सियोस भनी यो १६ दिन मनाइने गरेको जहदा गाउँपालिका महिला, बालबालिका तथा सामाजिक बिकास शाखा अधिकृत प्रतिमा यादवले बताउनुभयो।

महिलापुरुष विभेद घर बाटै सुरुहुने गरेको,मधेसी समुदायमा छोरीलाई बिभिन्न कुरामा बन्चित,लाउनेलागाउने कुरामा यसो त्यसो बिभिन्न बहानामा मानसिक तनाव दिने, छोरालाई बोर्डिंग बिद्यालय र छोरीलाई सरकारी बिद्यालय पढाउने, महिलालाई महिला बाट पनि शोसित हुने गरेको कार्यपालिका सदस्य बिनिता सिंहले आफ्नो मन्तव्यमा राख्नुभयो l 

महिला गर्भवती भए देखि नै विभिन्न चेकजाच गरी छोराछोरी पता लाउने,छोरी भएको थाहा पाए गर्भपतन गराउने हाम्रो सामाजमा जनचेतना हुन जरुरी छ। छोराछोरी एउटै पाटाको दुईको सिक्का हुन्,एउटा पछाडी परे कहिले न समाजको न देशको बिकाश हुने लक्ष्मीनिया युवा क्लबका अध्यक्ष तथा सामाजिक अभियन्ता नितेश कुमार साहले भन्नुभयो।

घरमा पनि महिलाहरु नै शोसित भएको देखिन्छ।छोरा बाहिर कतै गए,राति जति बजे आए, मतलब नराख्ने घरपरिवार छोरी एक छिन कतै गए या आउन अलिक ढिलो भए बिभिन्न प्रश्न गरिने गरेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताउनु भयो।छोराछोरी लाई एक समान व्यवहार गर्नुपर्छ।

कतैकतै पुरुष पनि महिला बाट पिडित भएको जहदा गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डलले भनेका थिए। अधिकांस महिलाहरु पिडित हुने गरेकोले महिलाहरुले आफ्नो हकअधिकार आफै माग्नुपर्ने उहाँको जोड रहेको थियो।

त्यसै गरी जहदा गाउँपालिका उपाध्यक्ष शालो देवी साहका अनुसार बालबिबाह,दाइजोप्रथा र विभेद को कारण पनि महिला हिँसा हुने गरेको बताउनुभयो।

हामीले आफ्नो टोलसमाजमा बिभिन्न बहानामा महिलाहरु पिडित भएको देख्न सक्छौँ। कहिले दाइजोको कारण घरमा श्रीमानसासु ले बुहारी कुटेको, कहिले नानाथरी कुरामा बिबाद उत्पन्न गराएको, छोरीलाई सानै उमेरमा बिहे गरेर बोझ थपेको, छोरी गर्भ मै हुदाँ गर्भपतन गरेको आदि इत्यादी। तर यो एक्कैसौं शताब्दीमा पनि मानिसहरुमा अझै जनचेतनाको कमि देखिएको छ।

बुहारी चाहिने समाजलाई छोरी नछाहिने, चिकितस्क, शिक्षक, पढेलेखेको जागिरे बुहारी खोज्ने आफ्नो छोरीलाई उच्च शिक्षा नदिने, यस्ता थुप्रै कारणले गर्दा पनि महिला हिंसा हुने गरेको छ।

महिलाहरु को प्रोत्साहनको लागि उक्त कार्यक्रमा गाउँपालिकाले महिलाहरुलाई आफ्नो कला र शिप प्रदशन समेत गराएको थियो।
बिभिन्न महिला समुहहरु को सहभागीमा कसैले कपालमा लाउने फुल,कसैले परालको बस्ने मुढा त कसैले घर को अगाडी सजावटको लागि फुल त् कसैले माटोबाट बिभिन्न किसिमको गेडागुदी सहित समाचकेवा को मुर्ति समेत बनाएका थिए।

शिप कला र बनाएको बस्तुको अधारमा प्रथम, दित्तिय, तृतीय र चौथो छनोट गरी पुरुस्कार समेत प्रदान गरिएको थियो।लैङ्गिक हिँसा बिरिद्धको १६ दिने अभियान अन्तर्गत दिपप्रज्जल कार्यक्रम समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]