बुधनगर : केही दिन अगाडी जहदा -१ बुधनगर स्थित भुटाहा रोड पुरै बिग्रिएको थियो। साउने महिना र बर्षा पानीले गर्दा बाटो मा मोटरसाइकल , साइकल सम्म हिन्ने स्तिथि रहेको थिएन। बाटो पुरै हिलैहिलो,धान रोप्ने लायक रहेको थियो। बुद्धदेव यादव को पहल र केहि स्थानीय युवाको सहयोगमा पूर्वाधार बिकास कार्यालय मा रोड मर्मत गरिदिन निवेदन पेस गरियो। र त्यस लगतै राम लक्षमण मार्ग बिराटनगर १८ देखि जहदा बोर्डर सम्म सडक योजना यातासिग्रह मर्मत गर्न दिवा / साह इन्जिनियर जेभी लाई पत्र काटियो। बर्षाले सडक को अवस्था नाजुक रहेकोले रिभर बेड मेटेरियल ४३५ घ.मि. बाटोमा हाल्न पुर्वधार बिकासले भनेको थियो। तर ठेकेदार ले उक्त कुराको बेवास्ता गर्दै ३० हाइवा अर्थात ४३५ घ. मि. गिट्टी झार्न को सट्टा ठेकेदार ले ११ हाइवा मात्र गिट्टी झारेको स्थानीय युवा बुद्धदेव यादवले भने। र फेरी पनि बाटो को हालत नाजुक नै रहयो ,आज २०७७/०५/०१ गते त्यहि बाटोमा ट्रयाकट्र पल्तियो ।
किन सरकार को ध्यानाकर्षण यता हुदैन ??? कि केही खेल छ त ??? किन मोन ?? मानवीय क्षति भयो भने मात्र ध्यान हुन्छ होला ? जय हो सरकार 🙏 भन्दै यादावले फेसबुक स्टाटस लेख्दै दुख पोखे। ठेकेदार लाई फोन लाउदा समेत फोन नउठेको र ठेकेदारलाई कारवाही गर्नुपर्छ भन्दै उहाँले बताउनुभयो।