सामाजिक कार्यमा सक्रिय लक्ष्मीनिया युवा क्लबले सामाजिक कार्यको साथसाथै आफ्नो सदस्य बढाउने अभियानमा जुटेको छ। जहदा गाउँपालिका भरि नै आफ्नो शाखा बिस्तारको क्रममा रहेको सो क्लबले बिभिन्न वडामा सदस्यहरु थप्दै शाखा विस्तार गरिरहेको छ। जहदा गाउँपालिकाको प्रत्येक वडा मा आफ्नो शाखा बिस्तार गरिसकेको छ। हाल सो क्लबमा २०० जना भन्दा सदस्यहरु आबद्ध छन्। शाखा विस्तार पश्चात कल्बले शाखा पुन:गठन गरिरहेकॊ छ।
आज क्लबले जहदा-४ शाखा पुन:गठन गरेको छ। जहदा-४ स्थित सार्वजनिक माध्यमिक बिद्यालयमा क्लब को अध्यक्ष नितेश साहको अध्यक्षता बैठक बसेको थियो। ५० जनाको उपस्तिथिमा जहदा-४ शाखामा २७ जना चुनिएका छन्। जहदा-४ शाखा पूर्ण गठन का अध्यक्षमा निरज मण्डल, उपाध्यक्षमा जयकिशन मण्डल, सचिवमा संजित साह, सह-सचिवमा बबिता राय कोषाध्यक्षमा माला कुमारी मण्डल र सदस्यमा २२ जना सर्वसम्मतबाट चयन भएका छन्।
जहदा भरिका युवाहरुलाई एक-आपसमा जोड्न र सामाजिक कार्यमा युवाहरुको सक्रियता बढाउन प्रत्येक वडामा शाखा बिस्तार र पुन: गठन गरिएको क्लबका केन्द्रिय अध्यक्ष नितेश कुमार साह ले बताउनुभयो।
आजको कार्यक्रममा सार्वजानिक बिद्यालयका प्रधानाध्यापक अजय सिंह, क्लबका केन्द्रिय उपाध्यक्ष धिरज कामत, केन्दीय कोषाध्यक्ष माधुरी मण्डल, केन्द्रिय सदस्य कार्तिक सिंह, श्यामशुन्दर मण्डल, दिपेश शर्मा, माधव मण्डल, जहदा-१ शाखा सचिव पंकज सरवारिया, जहदा-३ शाखा अध्यक्ष मनिष ठाकुर, जहदा-७ शाखा अध्यक्ष पवन सिंह लगायत अन्य सदस्यहरुको उपस्तिथी रहेको थियो।