काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले भर्खरै सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई (आन्तरिक मूल्यांकन)को देश भरिको नतिजा आज प्रकाशन गरेको हो ।
कोरोना भाइरस महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिएपछि विद्यालयहरुले नै आन्तरिक मूल्यांकन गरेर विवरण बोर्डमा पठाएका थिए । साेही नतिजालाइ नै बोर्डले प्रमाणित गरेर प्रकाशन गरेको हो । यसअघि साउन दाेस्राे साताभित्रै नतिजा प्रकाशन गर्ने भनिए पनि विभिन्न कारण ढिलाइ भएकाे थियाे ।
नतिजा बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने छ । साथै टेलिकमकाे फोन र एसएमएसबाट पनि नतिजा थाहा पाउन र हेर्न सकिने छ ।