काठमाडौं– सरकारले वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो । यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।
सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।