कोरोना बिशेष
जहदा- मोरङ जिल्ला को जहदा गाउँपालिका मा हाल सम्म १० जना कोरोना संक्रमित देखा परिसकेको छ भने ७ जना निको भएर घर फर्किसकेका छन्। कोरना संक्रमित मध्ये ७ जना पुरुष र ३ जना महिला रहेको छ।
मिति २०७७ साल भाद्र १६ गते सम्म को रिपोर्ट हेर्दा जहदा-१ का १ जना, जहदा-३ क १ जना, जहदा-५ का ४ जना, जहदा-६ का १ जना र जहदा वडा न. ७ का ३ जना गरि जम्मा १० जनामा कोरोना पुष्टि भएको जहदा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। ७ जना निको भएर घर फर्किसकेका छन् भने ३ जना बाकी रहेको छ। ३ जना मध्ये १ जना होम आइसोलेसन मा छन्। बाकी २ जना आइसोलेसन मा रहेको र फेरी पनि पीसीआर को लागि स्वाब दिएर रिपोर्ट आउन बाकी रहेको जहदा स्वास्थ्य शाखा अधिकृत राजकुमार दासले जानकारी दिनुभयो।
जहदा स्वास्थ्य शाखाले हाल सम्म २५१ जना को आरडिटि र ५४८ जनाको पीसीआर टेस्ट गरिसकेको छ। जहदा गाउँपालिका वडा न. ५ मा रहेको दुर्गा माध्यमिक बिद्यालय को क्वारेनटाइनमा हाल सम्म सबै जोड्दा ४४७ जना रहेका थिए। भारत र अन्य मुलुक आएको लाई १४ दिन सम्म क्वारेनटाइन मा राखिन्छ। भारत बाट ३३६ जना , तेश्रो मुलुक बाट ४१ जना र नेपालकै अन्य ठाउँ बाट ४० जना गरि हाल सम्म ४४७ जनालाई क्वारेनटाइनमा राखिएको थियो। जहदा स्वास्थ्य शाखा ले हालै आइसोलेसन पनि संचालनमा ल्याएको छ।