नितेश साह

बुधबार, भाद्र १०, २०७७

लक्ष्मीनिया – मोरङ को जहदा गाउँपालिका फेरी लकडाउन हुने भएको छ। भाद्र ६ गते देखि १० गते सम्म पूर्ण रुपले खुल्ला रहेको गाउँपालिका फेरी भाद्र ११ गते देखि लकडाउन हुन गइरहेको छ। कोरोना महामारी को संक्रमण नियनत्रणका लागि मोरङ जिल्लाको दक्षिणवार्ती ६ वटा स्थानीय तह जहदा, कटहरी,धनापालथान ,रंगेली ,सुनावर्षी र रतुवामाईको प्रतिनिधिहरुको भाद्र ९ गते बैठक बसेको थियो।

उक्त बैठकको निर्णय अनुसार भाद्र ११ गते देखि १७ गते सम्मका लागि बिहान १२ बजे सम्म ब्यापार तथा व्यवसाय खुल्ला गर्ने तथा कृषकहरुका लागि मलखाद पसल सुरक्षा मापदण्ड अपनाई २४ सै घण्टा पसल खोल्ने गरी अति आवश्यक सेवा (स्वास्थ्य, विपद जस्ता)बाहेक अन्न सम्पूर्ण क्षेत्रहरुमा लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय भएको छ। लकडाउन उल्लंघन गर्ने प्रति कानुन बमोजिम कारवाही गर्ने समेत गाउँपालिका को बिज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]