जहदा गाउँपालिका प्रथम वडा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ । हाथीबन्धा युवा क्लब जहदा गाउँपालिका वडा नं ०३ ले माघे संक्रान्तीको अवसर पारी क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । १७ दिन सम्म चल्ने उक्त प्रतियोगितामा १६ टीमले भाग लिएका छन् ।
जहदा गाउँपालिका वडा नं ०३ मा रहेको एक खेल मैदानमा प्रमुख अतिथि जहदा गाउँपालिका वडा नं ०३ का वडा अध्यक्ष अनिल कुमार ठाकुरले ब्याटिङ गरी खेल सुरुवात गरे । प्रथम वडा अध्यक्ष क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उदघाटन कार्यक्रममा वडा अध्यक्ष ठाकुरले गाउपालिका क्षेत्रका खेलकूद विकास र विस्तारलाई गाउँपालिकाले प्राथमिकता दिएको उल्लेख गर्दैै आउने दिनहरुमा अझै भव्यताका साथ खेलकूदका कार्यक्रम गरिने बताए ।
उदघाट्न समाहरोमा जहदाकै नेकपाका नेता सेबक नारायन राजबंशी, काशी राम राजबंशी,लक्ष्मीनीया युवा क्लबका अध्यक्ष नितेश कुमार साह, गायक तथा समाजसेवी विष्णु राजबंशी,प्र अ वालेशवर राजबंशी र वडा सचिब लिलाकान्त साह सहीत क्लबका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती रहेका थियो ।
आजको सुरुवाती खेल विगो स्पोटींग क्लब गोल्छा चौक बिराटनगर र लाली गुरास स्पोटींग क्लब कटहरी बिचमा भएको थियो ।
आजको उदघाट्न समाहरो हाथीबन्धा युवा क्लब अध्यक्ष प्रितम कुमार राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।