लक्ष्मीनिया युवा क्लब द्वारा आयोजना गरिएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज सातौ दिन दोश्रो क्वार्टर फाइनल खेल जहदा श्रीजनशील युवा क्लब र कलाबन्जर युवा स्पोर्टिंग क्लब धनपाल्थान बीच भएको छ । जहदा श्रीजनशीलले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो। जहदा सृजनशिल क्लबले ब्याटिंग गर्दै कुल ४७ रन मात्र बनाउन सफल भयो।
यता कलाबन्जरले जहदा श्रीजनशिल क्लबलाई १५ ओभरको प्रगतिमै अल आउट गरेको थियो। जवाफीमा कलाबन्जर ले ब्याटिंग गर्दै ६ औं ओभरको प्रगतिमै ४८ रन बनाई सजिलै जित्न सफल भयो।यो खेल जितेसंगै कलाबंजर युवा स्पोर्टिंग क्लब सेमिफाइनल को यात्रा प्रवेश गरेको छ। ३ विकेट लिएर म्यान अफ दि म्याच हुन् भएका राजा यादवलाई आयोजक क्लबका अध्यक्ष नितेस कुमार साहले मेडल कप र प्रमाणपत्र प्रदान गरेका थिए। क्रिकेट प्रतियोगिता लक्ष्मीनिया युवा क्लबले आयोजना, जहदा -५ वडा कार्यालयले आर्थिक सहयोग, वाईवाईले प्रायोजक तथा मुस्तांग बियरको सह-प्रायोजकमा आयोजनामा संचालन भएको छ।
भोलिको पहिलो खेल लक्ष्मी युवा स्पोर्टिंग क्लब बभनटोलि र जहदा-७ बीच तथा अर्को खेल ब्राइत फ्युचर क्लव जतुवा र एम.सी.सी. क्लब बिराटनगर बीच हुने क्लबका सदस्य श्यामशुन्दर मण्डलले जानकारी दिनुभयो।