कांग्रेसको १४ औँ केन्द्रिय अधिवेशन
बिराटनगर। नेपाली कांग्रेसको १४ औँ केन्द्रिय अधिवेशन अन्तर्गत मोरङ क्षेत्र न. ६ (ख) बाट प्रदेश प्रतिनिधिमा रक्षा यादव चयन भएकी छिन्। बिराटनगर-१२ की १८ वर्षीय यादव नेपाल कै कान्छी कांग्रेस प्रदेश प्रतिनिधी भएकी हुन्। प्रदेश अधिवेशनका लागि उम्मेदवारी दर्ता गराउने क्रममा मधेसी कोटामा रक्षाको एक मात्र उम्मेदवारी परेको थियो। उनी सर्वसहमतिबाट चुनिएकी हुन्।
अहिलेको नेतृत्वबाट देशको बिकास असम्भव रहेकाले खवरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उनले बताइन्। प्रतिनिधी चयन भएपछी रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिक्रिया दिएकी छिन्।
(तस्बिर: रक्षा यादवको फेसबुक वालबाट)