मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाई वाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज भएको तेश्रो र चौथो क्वार्टर फ़ाइनलका दुइटा खेलमा लक्ष्मी युवा स्पोर्टिंग क्लव बभनटोली र एम.एम.सी. क्लब बिराटनगर बिजयी भएका छन्। यो संगै दुवै टिम सेमीफाइनलमा प्रवेश गरेको छ।
आज भएको पहिलो खेल जहदा गाउँपालिका वडा न. ७ र लक्ष्मी युवा स्पोर्टिंग क्लब बभनटोली बीच भएको थियो। लक्ष्मी युवा स्पोर्टिंग क्लब जहदाले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो।१६ ओभरको समाप्ति सम्म लक्ष्मी युवा स्पोर्टिंग क्लबले १४९ रन बनाउन सफल भयो। लक्ष्मी युवा स्पोर्टिंग को तर्फ बाट पप्पु साहले सबै भन्दा धेरै ४४ रन,बरुनले २६ रन, कुशले २२ रन,रेवतीले २० रन,आशिषले १५ रन र कप्तान श्रवन राजबंशीले ६ रन मात्र बनाउन सफल भए।
यता जहदा-७ को तर्फ बाट श्रवण किश्कुले एक विकेट,अभयले २ विकेट, नाठेश्वरले २ विकेट,नशिवले एक बिकेट र सागरले एक बिकेत लिएका थिए। जवाफी ब्याटिंगमा उत्रिएको जहदा-७ ले १५ ओभरमा अलआउट हुदै ९७ रन मात्र बनाउन सक्यो।लक्ष्मीयुवा स्पोर्टिंग क्लब बाट पप्पुले ३ विकेट,आशिसले २, रेबतिले ३,अजयले १,र बरुणले एक विकेट लिएका थिए। लक्ष्मीयुवा स्पोर्टिंग क्लब ५४ रनले जित्न सफल भयो। यो खेल जितेसंगै लक्ष्मी युवा स्पोर्टिंग कलन सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा ३ विकेट र ४४ रन लिएर म्यान अफ दि म्याच भएका पप्पु साहलाई आयोजक लक्ष्मीनिया युवा क्लवका सदस्य अरविन्द राजभरले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
त्यस्तै अर्को क्वार्टर फाइनल खेल एम.एम.सी क्लब बिराटनगर र ब्राइट फ्युचर क्लब जतुवा बीच भएको थियो। एम.एम.सी ले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो। एम.एम.सी. ले ब्याटिंग गर्दै १६ ओभरमा अहिले सम्मकै उच्च स्कोर २२६ रन बनाएको थियो। एम.एम.सी. को तर्फ बाट बैजनाथ चौधरीले एक्लै १०६ रन लिएका थिए। दिपेशले ५३,सतिश यादवले २७,कपिलले ८, सिद्धान्त लोहनीले ७,तब्रेज आलम र मुकुन्दले ६- ६ रन र श्रवनले १ रन लिएका थिए। ब्राइट फ्युचरले ८ विकेट लिएको थियो। जवाफीमा उत्रिएको ब्राइट फ्युचर अलआउट हुदै अन्तिम सम्म १०८ रन मात्र बनायो। एम.एम.सी. को तर्फ बाट सिद्धान्त लोहनीले १ विकेट, बैजनाथ चौधरीले २ विकेट, राहुलले एक, श्रवनले २, तब्रेजले १, र दिपेशले २ विकेट लिएका थिए। यो जित संगै एम.एम.सी. पनि सेमीफाइनलमा प्रवेश गरेको छ। खेलमा २ विकेट र १०६ रन लिएर म्यान अफ दि म्याच भएका बैजनाथ चौधरीलाई आयोजक लक्ष्मीनिया युवा क्लवका अध्यक्ष नितेस कुमार साहले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
क्वार्टर फाइनलको समाप्तिको साथै पर्सि सोमबार देखि सेमी फाइनल सुरु हुदैछ। पहिलो सेमीफाइनल खेल पर्सि सोमबार जहदा-६ पोखरिया र लक्ष्मी युवा स्पोर्टिंग क्लब बीच हुनेछ भने अर्को सेमी फाइनल खेल मंगलबार एम.एम.सी. क्लब बिराटनगर र कलाबन्जर युवा स्पोर्टिंग क्लब धनपाल्थानबीच हुने आयोजकले जनाएको छ। लक्ष्मीनिया युवा क्लवले आयोजना गरेको सो क्रिकेट प्रतियोगितालाई जहदा–५ वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । वाईवाईले प्रायोजन गरेको प्रतियोगितामा मुस्तांग बियर सह–प्रायोजक रहेको छ ।