न्युज डेस्क,जहदा अनलाइन

मंगलबार, भाद्र ३०, २०७७
जहदा – लक्ष्मीनिया युवा क्लब तथा जिल्ला प्रहरी कार्यालय मोरङको संक्युक्त आयोजनामा बक्तित्वकला प्रतियोगिता आयोजना भएको छ। समुदाय -प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रिय बाल दिवसको अवसरमा खुल्ला बक्तृत्वकला प्रतियोगितामा ६ वटा बिद्यालयका ९ जना सहभागी रहेका थिए।
सभ्य समाज निर्माणमा बालबालिकाको भूमिका भन्ने शिर्षकमा बक्ताहरुले आ-आफ्नो धारणा व्यक्त गरे। कार्यक्रममा विभिन्न् बिद्यालयका प्रधानाध्यापक, प्रतिनिधी ,केहि बिद्यार्थीहरुको समेत उपस्तिथी थियो। प्रमुख अतिथिमा जहदा गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डल, बिशिस्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय मोरङ का प्रवक्ता तथा डि.एस.पी मान बहादुर राई ,जहादा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे लगायतको उपस्तिथी थियो।कार्यक्रमलाई ज़िल्ला प्रहरी कार्यालय कार्यरत असय मनीष लुइटेल ज्यूले संचालन गरेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा जहदा गाउँपालिका शिक्षा अधिकृत दिपक खनाल, सार्वजनिक माध्यमिक बिद्यालयका प्रधानाध्यापक अजय सिंह र बिराटनगरका सामाजिक युवा अभियन्ता पेरिस सुबेदी हुनुहुन्थ्यो।
सम्पूर्ण सहभागी बक्ताहरुले आ-आफ्नो बिचार ब्यक्त गरे। सम्पूर्ण बक्ताहरुको बिचार सुनेर निर्णयक मण्डल ले आफ्नो नतिजा सार्वजानिक गर्यो। सार्वजानिक माध्यमिक बिद्यालय,जहदा-४ का अमर कुमार मण्डल प्रथम,जनता माध्यमिक बिद्यालय,जहदा-६ पोखरिया कि प्रिती मण्डल दित्तीय र डनबस्को बिद्यालय जहदा-७ का हरिलाल टुडु तृतीय हुन सफल भए।सम्पूर्ण बिजेता लाई टिका अबिर र खादा लगाई पुरुस्कार र प्रमाण पत्र समेत प्रदान गरिएको थियो।
कोरोना महामारीमाबीच यस्तो कार्यक्रम आयोजना नगर्दा नि बेस हुन्थ्यो तर बालदिवस को अवसर मा कुनै कार्यक्रम नगर्दा खल्लो देखिन्थ्यो। एउटा साधारण कार्यक्रम गरेर बिद्यार्थी तथा बालबालिको हितको लागि कार्यक्रम आयोजना गरिएको क्लब का अध्यक्ष नितेश शाहले जानकारी दिए।
क्लबले बिभिन्न सामाजिक कार्य गर्दै आएको छ। भर्खरै कोरोना महामारी बीच जहदा गाउँपालिका का बिभिन्न टोलमा रहेको सार्वजानिक स्थल, चौकचहरा, पसल, बिद्यालय,मन्दिर,क्वारेन्ताइन भवन तथा कोरोना संक्रमितको घर समेत सेनिटाइज (निर्मलीकरण) गरेको थियो। सो कार्यको लागि क्लब ले लायन्स क्लब अफ बिराटनगर युनिक बाट सम्मान पत्र समेत पाएको छ। आगामी दिन मा पनि क्लबले यस्ता कार्यलाई निरन्तरता दिईरहने र समाजको हितको एक से एक कार्यक्रम गर्ने भनि कल्बका उपाध्यक्ष अभिषेक साहले बताउनु भयो।
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]