न्युज डेस्क, जहदा अनलाइन

आइतबार, भाद्र १४, २०७७

जहदा – मोरङको जहदा गाउँपालिकामा लक्ष्मीनिया युवा क्लब द्वारा सनिताइज गरिएको छ। जहदा का बिभिन्न वार्ड का भिडभाड हुने ठाउँ, सार्वजनिक स्थल,बिद्यालय भवन , क्वारेन्टाइन,मठमन्दिर ,चौकचौराह मा रहेको पसल, वडा कार्यालय समेत निर्मलीकरण गरिएको छ। कोरोना संक्रमितको घर समेत सनिताइज गरिएको छ। जहदा गाउँपालिका का मझारे प्रहरी चौकी, सिमा प्रहरी चौकी पोखरिया, इलाका प्रहरी कार्यालय फडानी सहित केहि स्वास्थ्य चौकी, र बुधनगर स्वास्थ्य कार्यालय समेत सनिताइज गरिएको क्लब का उपाध्यक्ष अभिषेक साहले जानकारी दिनुभयो ।लक्ष्मीनिया युवा क्लब द्वारा भाद्र ५ गते जहदा-५ बाट सुरु गरिएको सेनिटाइज अभियान सबै वडा भ्याएर भाद्र १३ गते सकिएको छ। विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्य नजर गर्दै गाउँटोलमा समेत सेनिटाइज गरिएको हो ।

लायन्स कल्ब अफ बिराटनगर युनिकले गर्दै आएको सेनिटाइज कार्यक्रम बाट प्रभावित भएर जहदामा पनि गरिएको क्लब का अध्यक्ष नितेश साहले भन्नुभयो। बिराटनगरमा गरिन सकिने तर जहदामा किन गर्न सकिदैन l आफ्नो गाउँ आफै बचाऊ भनेर पनि यो अभियान सुरु गरिएको हो।मिति २०७७ साल भाद्र ४ गते लायन्स क्लब अफ बिराटनगर युनिक ले लक्ष्मीनिया युवा कल्ब लाई सनिटाइज गर्ने समानहरु उपलब्ध गराएको थियो।

जहदा गाउँपालिका मा दिन प्रति दिन कोरोना भाइरस सन्क्रमित को संख्या बर्ढ्दै गएकोले जहदाका वरपरका विभिन्न चोक र वस्तिहरु लाई सेनिटाइज गर्न सहज होस भनेर लायन्स क्लब अफ बिराटनगर युनिकका उपाध्यक्ष नरेश खत्री को सहयोगमा क्लबलाई सेनिटाइज कार्य अघि सार्न सेनिटाइज गर्ने मेसिन, २ जार केमिकल, १०० वटा सर्जिकल मास्क, २ सेट P.P.E र फेस सिल्ड हस्तान्तरण गरिएको थियो !!


लक्ष्मीनिया युवा क्लब ले सदैव सामाजिक कार्य गर्दै आइरहेको छ र भविष्य मा पनि यो भन्दा राम्रो र अनेकौ कार्य गर्नेछ भनि क्लबका अध्यक्ष नितेश साह ले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]