न्युज डेस्क, जहदा अनलाइन

बुधबार, भाद्र ०३, २०७७

जहदा-३, मोरंगको जहदा गाउँपालिका वडा न. ३ स्थित बभनटोली-हातीबन्धा बिचको पुलको हालत नाजुक रहेको थियो । बाँसले बनिएको पुल पुरानो भइसकेको हुनाले बत्तिहरु सडेको थियो । अहिले पुलको अवस्था पुरै बिग्रेर बिचबिचमा टुटिसकेको छ। मान्छेहरु ओहोरदोहोर गर्न निकै समस्या भइरहेको छ। एक त सडेको पुल र त्यस माथि बिचबिचमा टुटेको बाँसको बत्ती कहिले दुर्घटना घटना हुन्छ भन्न सकिदैन।

यसै सन्दर्भमा हिजो मात्र एक जना स्थानीयले आफ्नो फेसबुकमा पोस्ट गर्दै सम्बन्धित निकायको ध्यान आकर्षण होस भनी पोस्ट गरेका थिए। त्यस लगतै जहदा-३ का वडा अध्यक्ष श्री अनिल कुमार ठाकुर ज्युले २४ घन्टा भित्र बाँस को पुल बनाउने कार्य शुरु गर्ने प्रतिबधाता जनाउदछु भनि उक्त पोस्टमा कमेन्ट गर्नुभएथ्यो ।
हामीले यसको बारेमा थप बुझ्न र यो पुललाई किन सधैको लागी पक्की पुल नबनाएको बारे जानाकारी लिन वडा अध्यक्ष ज्युलाई सम्पर्क गरेका थियौँ।
उहाँले हामीलाई यो मोटरेवल RCC पुल निर्माण मा १.५ करोड देखि २ करोड सम्म खर्च लागने भएको ले वडा को बजेट ले सम्भव नभएको बताउनु भयो। माथिल्लो निकाय ,प्रदेश र संघ मा निरन्तर पहल गरिरहेको छु। तर पनि संघिय सरकार र प्रदेश सरकारले ध्यान नदिएको उहाँ बताउनुहुन्छ।
ठुलो योजना बनाउन वडा बाट सम्भव हुदैन । त्यसैले यो पुल पक्कि बन्न नसकेको र यसैलाई वडा बाट जे जति हुन्छ हामीले गरिराखेका छौ। उक्त पुल तत्काल बाँस को बनाउन पहिले नै पहल गरेको र बर्खापानीले गर्दा कठिनाइ भई बनेको थिएन। फेरी पनि उहाँले बाँसको पुल बनाउने कार्य २४ घण्टा भित्र सुरु गर्ने प्रतिबद्धता जनाउनु भएथ्यो । नभन्दै आज उहाँले आफ्नै पहलमा पुल बनाउने कार्य सुचारु गरेका छन्। उहाँले हिजो मात्र जनाएको प्रतिबद्धता २४ घण्टा नबित्दै बाँसको पुल बनाउने कार्य सुचारु भैसकेको छ।
र उहाँले यसै आर्थिक बर्ष जहदा गाउँपालिका र प्रदेश को साझेदरीमा जहदा-३ को बभनटाेली साहुटाेल देखि पुर्व जहदा गाउँपालिका जोडने जुडि खोलामा पक्की पुल निर्माण को कार्य सुरु हुने जानकारी गराउनुभयो। साथै हाथिबन्धा – बभनटाेलि बासको पुल लाई पक्की पुल बनाउन फेरि पनि प्रदेश र संघ निरन्तर पहल गरिरहने छु भनेर वडा अध्यक्ष ज्युले प्रतिबद्धता जनाउनु भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारे

अनलाइनको भिडमा जहदा अनलाइन एउटा भिन्न समाचार माध्यम हो । जहदा गाउँपालिका को पहिलो अनलाइन पत्रिका भएर हामी निस्पक्ष,सत्य र तथ्यसहित को खबर सम्प्रेषण गर्दछौं । जहदा लाई विशेष प्राथमिकता दिई हामी देश बिदेशका खबर पनि आम मानिस सम्म पुर्याउन मदत गर्दछौं।

हाम्रो टीम

अध्यक्ष /प्रकाशक : नितेश साह
सम्पादक : XXXXXXXXX
रिपोर्टर :XXXXXXXXX

सम्पर्क

मोबाइल : ९८१९३४९००७
बिज्ञापनको लागि : ९८०२३८८९११
सम्पर्क कार्यालय : जहदा-५ , मोरंग
Email : [email protected]